चिनियाँ राष्ट्रपति सी जिङपिङले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरूसँग भर्चुअल छलफल गर्ने भएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा मङ्गलवार अपराह्न हुने छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने उनको सचिवालयबाट जानकारी प्राप्त भएको छ ।
भर्चुअल छलफलमा प्रधानमन्त्री ओलीसहित काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरू पनि सहभागी हुने जनाइएको छ ।
चिनियाँ राष्ट्रपति जिङपिङले भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरूलाई पनि जुम बैठकमा निम्तो दिएका छन् । नेताहरूलाई बोल्नका लागि पाँच मिनेटको समय दिइएको जनाइएको छ ।