मंगलबार, मंसिर ११ गते २०८१

पर्वतको फलेबासमा बिसे पन्त पार्क र शालिक निर्माण

पर्वतको फलेबासमा बिसे पन्त पार्क र शालिक निर्माण

अखबार दैनिक
मंगलबार, असार १५ २०७८
  • पर्वतको फलेबासमा बिसे पन्त पार्क र शालिक निर्माण

    पर्वत, १५ असार । पर्वतको फलेबास नगरपालीका वडा नं ६ खौलामा बिसे पन्तको नाममा पार्क निर्माण गरिएको छ । उक्त पार्क भित्र पन्तको शालिक समेत अनावरण गरिएको छ । समाजमा उनले गरेको कामको उच्च मूल्यांकन गर्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको लगानीमा उक्त पार्क निर्माण गरिएको हो । शालिक अनावरण कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पूर्वमन्त्री एवं प्रदेश सांसद विकास लम्सालले बिसे पन्त फलेवासका ऐतिहासिक पुरुष बताए । फलेवासको अर्थतन्त्र बलियो बनाउन पन्तको योगदान अनुकरणीय रहेको बताउँदै लम्सालले भने, ‘बिसे पन्तको सपना साकार पार्न लमाएखोलामा ड्याम बाँधी पानी लिफ्टिंग गरिने छ । उक्त लिफ्टिंगको पानीलाई सोही नहरमा मिसाउने र फलेवासलाई कृषि पर्यटन क्षेत्र घोषणा गरिने छ । ड्याममा बोटिंग समेत सञ्चालन गरिने छ ।’ सोही कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष राम पौडेलले पुराना पुस्ताले शालिक र पार्क स्थापना गर्न नसकेको काम अहिले हाम्रो पालामा सम्पन्न गर्न पाउँदा धेरै खुशी लागेको बताए । उक्त नहर निर्माण भइसकेपछि त्यसलाई जिवन्तता दिने १० जना स्थानीय बृद्ध बृद्धालाई पूर्वमन्त्री लम्सालले दोसल्ला ओढाएर सम्मान गरेका छन् । पूर्व मन्त्रीको हातबाट सम्मानित हुन पाउँदा बृद्ध बृद्धाहरु खुशी भएका थिए।    फलेवासमा वि.सं १९५२ भदौ १३ मा जन्मिएका पन्त एक समाजसेवी हुन् । उनले आफ्नो जिवनको सम्पूर्ण समय समाज सेवामा नै खर्चिएका थिए । यसकारण पन्तलाई स्थानियले सधै सम्झिरहन्छन् । त्यस समयमा यस क्षेत्रमा पानीमा हाहाकार थियो । उनले उक्त स्थानमा १९८७ सालमा नहर खन्ने कामको सुरुवात गरेका थिए । २४ वर्ष लगाएर उनको नेतृत्वमा १२ किलोमिटर नहर खन्ने काम २०११ सालमा सम्पन्न भएको थियो । पानीको हाहाकारमा गुज्रिएको फलेबास नहर बनेसँगै एकाएक हराभरा हुन थाल्यो । पर्याप्त पानीको सुविधाले गर्दा फलेवासका किसानले वर्षमा तीन खेती गर्न थाले । नहर नबन्दासम्म कोदो र मकैको मात्र खेती हुने यस ठाउँमा नहर बनेपछि यहाँका किसानले वर्षमा तीन खेती लगाउन थाले। यतिमात्र नभइ विभिन्न खालका तरकारी बालिको उत्पादन गरेर कृषक आत्मनिर्भर बन्दै गएका छन् । नहरबाट अहिलेपनि साविक फलेवासका १ देखि ७ वडाको ३६८ हेक्टर जमिन सिञ्चित भएको छ । नहरकै कारण फलेवास पर्वतको उर्वर भूमि बन्न पुग्यो । नहरबाट अहिलेपनि साविक फलेवासका १ देखि ७ वडाको ३६८ हेक्टर जमिन सिञ्चित भइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार