विहादी गाउँपालिकाले अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा निशुल्क गरिदिने भएको छ । अपांगता परिचयपत्रका आधारमा आगामी आर्थीक बर्ष २०७८÷०८९ देखि विहादी गाउँपालिकामा अपांग स्वास्थ्य बिमा लागु गरिने भएको हो । गाउँपालिकाले अपांग बर्गिकरणका आधारमा फरक क्षेमता भएकाहरु लाई निशुल्क बिमाको व्यवस्था गरेको हो । आर्थिक अभावका कारण कुनै पनि फरक क्षमता भएका व्यक्तिहरु स्वास्थ्य उपचारबाट बञ्चित हुन नदिन गाउँपालिकाले क, ख, ग र घ बर्ग सम्मका अपांगहरुको निशुल्क स्वास्थ्य विमा गर्ने भएको हो । आगामी आर्थीक बर्ष देखि फरक क्षमता भएका व्यक्तिहरुले गरेको स्वास्थ्य बिमाको सम्पूर्ण खर्च गाउँपालिकाले व्योहोर्ने छ । विहादी गाउँपालिकामा करिब ३ सय जना अपांगता भएका व्यक्तिहरु छन् ।