सोमबार, जेठ ७ गते २०८१

नेपालगञ्जमा आज राती १२ बजेदेखि लकडाउन

नेपालगञ्जमा आज राती १२ बजेदेखि लकडाउन

अखबार दैनिक
बुधबार, वैशाख ८ २०७८
  • नेपालगञ्जमा आज राती १२ बजेदेखि लकडाउन

    images

    काठमाडौँ : बाँकेको नेपालगञ्जमा आज राती १२ बजेदेखि लकडाउन हुने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थान केन्द्रको बैठकले बुधबार राती १२ बजेदेखि बैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । 

    यसबीचमा दैनिक उपभोग्य वस्तु लगायतका पसल मात्रै खोल्न पाइनेछ । जिल्लामा संक्रमण बढ्नुको साथै कोभिड १९ का बिरामीले अस्पतालका बिरामी कक्ष समेत भरिएपछि बाध्य भएर लकडाउन अर्थात निषेधाज्ञा गर्नुपरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । 

    अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा ७ सय ३५ जनामा कोभिड १९ संक्रमण देखिएको छ । सरकारले पाँच सय भन्दा बढी संक्रमित देखिएमा लकडाउन गर्न स्थानीय तहलाई अधिकार दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ