सोमबार, भदौ ३१ गते २०८१

रुरु जलविद्युतको आईपिओ नतिजा सार्बजनिक , कसरी हेर्ने ?

रुरु जलविद्युतको आईपिओ नतिजा सार्बजनिक , कसरी हेर्ने ?

अखबार दैनिक
शुक्रबार, वैशाख ३ २०७८
  • रुरु जलविद्युतको आईपिओ नतिजा सार्बजनिक , कसरी हेर्ने ?

    रूरु जलविद्युत् परियोजना लिमिटेडले जारी गरेको आईपीओको आज बाँडफाँड सम्पन्न भएको छ ।  आईपिओ नतिजा अब सजिलै हेर्न सकिने विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

    गोलाप्रथाबाट बाँडफाँड हुँदा आईपीओको लक्की नम्बर ७ र ८ रहेको छ । कम्पनीले चैत्र २० गतेदेखि चैत्र २४ गते सम्म निश्कासन गरेको आईपीओमा  १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन परेको छ ।   

    अन्तिम तथ्यांकलाई हेर्दा ग्रोलाप्रथाबाट वितरण गर्दा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी ९८ प्रतिशत भन्दा धेरै अर्थात् १६ लाख ३१ हजार ६४९ जना भन्दा धेरै आवेदकको हात खाली हुनेछ  । 

    कम्पनीले सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो । 

    कम्पनीको आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको www.iporesult.cdsc.com.np  नामक वेभसाइटबाट  हेर्न सकिनेछ । यसका साथै, निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र रुरु जलबिद्युत परियोजना लिमिटेडको वेभसाइटबाट पनि  नजिता हेर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ