सरकारले ५० प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्याउन सरकारी अस्पतालहरूलाई निर्देशन दिएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सबै सरकारी अस्पताललाई कोभिडका बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो ।
‘सबै सरकारी अस्पतालले कम्तीमा पचास प्रतिशत बेड कोभिड-१९ संक्रमितलाई व्यवस्थापन गर्न छुट्याएर तोकिए अनुसार निःशुल्क सेवा प्रवाह गरौं,’ स्वास्थ्य मन्त्रालयले जारी गरेको अपिलमा भनिएको छ ।