आइतबार, जेठ ६ गते २०८१

वरिष्ठ अधिकृतस्तरका २२ र सहायकस्तरका १६ कर्मचारी माग

वरिष्ठ अधिकृतस्तरका २२ र सहायकस्तरका १६ कर्मचारी माग

अखबार दैनिक
मंगलबार, चैत १० २०७७
  • वरिष्ठ अधिकृतस्तरका २२ र सहायकस्तरका १६ कर्मचारी माग

    नेपाल नागरिक उड्डयन प्राधिकरणले करार सेवामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । रिक्त रहेका वरिष्ठ अधिकृत स्तर र सहायक स्तरका पदहरूमा करार सेवाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।

    images

    प्राविधिक सेवा एयर ट्राफिक सर्भिसेज सातौँ तहको वरिष्ठ अधिकृतका लागि २२ जना र ए.फा.स समूहतर्फ सहायक स्तरका १६ जनाको माग भएको छ ।

    योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको १५ दिनभित्र नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रशासन विभाग, बबरमहलमा दरखास्त दिन भनिएको छ ।

    दरखास्त फारम प्राधिकरणको वेबसाइटमा रहेको अनलाइन एप्लिकेशन फर्म मार्फत भर्नुपर्ने छ । दरखास्त दिने अन्तिम मिति चैत २४ गतेसम्म तोकिएको छ । लिखित परीक्षा चैत्र २६ गते हुने भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार