आइतबार, मंसिर ९ गते २०८१

प्रधानमन्त्रीमा `म नै संविधान हूँ´ भन्ने दम्भ : प्रकाशमान

प्रधानमन्त्रीमा `म नै संविधान हूँ´ भन्ने दम्भ : प्रकाशमान

अखबार दैनिक
बुधबार, माघ २१ २०७७
  • प्रधानमन्त्रीमा `म नै संविधान हूँ´ भन्ने दम्भ : प्रकाशमान

    काठमाडौं, २१ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिक रूपमा संवैधानिक आयोगहरूमा गरिएका नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    images

    संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएका नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित `म नै संविधान हूँ´ भन्ने दम्भ उजागर भएको उनको भनाइ छ ।

    नेता सिंहले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज गराइएको सपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदम हो । संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुन्छ ।’

    सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण ७ दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान संकटमा परेको उनको भनाइ छ ।

    ‘अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ । सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सफारिस, नियुक्ति, विचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतकझ दोहनले सीमा नाघिसकेको छ । अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत देखिन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार