पोखरा
गण्डकी प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री किरण गुरुङले सिमसार क्षेत्र जीवन प्रणालीको एक महत्वपूर्ण अंग रहेको बताउनुभएको छ । “सिमसार र पानी” भन्ने मुलनाराका साथ विश्व सिमसार दिवसको अवसरमा मंगलबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश र डब्लु. डब्लु. एफ. ले फेवाताल किनारमा अवस्थित माछापुच्छ«े पार्कमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सिमसार क्षेत्र हरेक प्राणीहरुको जिवन पद्धती सँग जोडिएको बताउनुभयो । पृथ्वीमा जीव तथा जीवनको अस्तित्वका लागि सिमसारले अतुलनीय योगदान गर्दै आइरहेको उहाँको भनाई छ ।
सिमसार अत्यन्त उत्पादनशील पारिस्थिकीय प्रणाली भएको चर्चा गर्दै उहाँले सिमसार क्षेत्रको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्नेमा जोडदिनुभयो । मन्त्री गुरुङले उच्च हिमालयको पानीका मूलबाट बनेका वा केही अंश रहेका नेपालका सिमसार क्षेत्रको विशेषता पृथक रहेको चर्चा समेत गर्नुभयो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पानी तथा सिमसार क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न प्रदेश सरकारले तदारुकताका साथ काम गरेको बताउनुभयो । सिमसार क्षेत्र तथा तालहरुको संरक्षण तथा विकास गर्न प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरण गठन गरि काम गरेको बताउदै मन्त्री लम्सालले सिमसारले सामाजिक तथा आर्थीक विकासमा टेवा पु¥याउने बताउनुभयो । सिमसारले बार्षिक ४७ ट्रिलियन अमेरिकी डलर बराबरको सेवा प्रदान गरेको तथा १ अर्ब भन्दा बढी मानिसहरु आम्दानीको स्रोत रहेको भन्दै सिमसारको संरक्षण तथा विकास गर्न प्रदेश सरकार गम्भिर रहेको बताउनुभयो ।
सिमसार क्षेत्रले मानव जीवनको लागि आवश्यक पर्ने आधारभूत आवश्यकताका अतिरिक्त मानव सभ्यता र संस्कृतिको जगेर्ना समेत गर्ने भएकोले यसको संरक्षण गर्नु मानव दायित्व भएको बताउनुभयो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकालले पृथ्वीमा पानीको संकट दिन प्रतिदिन बढ्दै गएको र यसले मानव जाति र जैविक विविधतालाईनै असर पारेको बताउनुभयो । उहाँले पृथवीले पुनर्भरण गर्ने क्षमता भन्दा मानव जातीले बढी दोहन गरेका कारणले पारिस्थितिकीय प्रणाली र सिमसार क्षेत्रहरु लोपोन्मुख अवस्थामा पुगेकाले यसको संरक्षण र जर्गेना गर्न तर्फ अग्रसरताका साथ लाग्नुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य द्धय रामजी बराल, राजीव पहारी र जिल्ला समन्वय समितिका प्रमुख बैन बहादुर क्षेत्रीले सिमसार क्षेत्रको जगेर्ना गर्न सबै आ—आफ्नो स्थान बाट लाग्नुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यकारी प्रमुख अनुप गुरुङले सिमसार क्षेत्रको विषयमा प्रस्तुती राख्नुभएको थियो । सोही अवसरमा सिमसार र पानी विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।