सोमबार, भदौ ३१ गते २०८१

कोरोना खोप खरिदका लागि सरकारले गर्यो ४० अर्बको स्रोत सुनिश्चितता

कोरोना खोप खरिदका लागि सरकारले गर्यो ४० अर्बको स्रोत सुनिश्चितता

अखबार दैनिक
मंगलबार, माघ ६ २०७७
  • कोरोना खोप खरिदका लागि सरकारले गर्यो ४० अर्बको स्रोत सुनिश्चितता

    सरकारले कोरोना खोप खरिदका लागि ४० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गरेको छ । ४९ अर्ब चाहिने अनुमान गरेपनि अहिलेसम्म ४० अर्बको स्रोत सुनिश्चितता भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    images

    स्वास्थ्यले भने प्रतिखोप ९ डलरका हिसाबले सबैलाई लगाउने व्यवस्था गर्न ६० अर्ब रुपैयाँ माग गरेको छ । जसमध्ये बजेटमा उल्लेखित स्रोतबाटै ४० अर्ब टुंगो लगाइएको हो । सरकारले सबै नागरिकलाई निशुल्क खोप लगाउने यसअघि नै घोषणा भईसकेको छ ।

    सरकारले हालसम्म भारतमा बनेको कोभिडशिल्डलाई नेपालमा ल्याउने प्रयास गरिरहेको छ । खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युटले अहिले भारतमा प्रतिखोप दुई सय रुपैयाँ (भारतीय रुपैयाँ) को दरले १० करोड खोप भारतीय सरकारलाई दिएको छ । त्यसपछि भने प्रतिखोप एक हजार भारुमा किन्नुपर्ने कम्पनीले जानकारी दिएको छ । जसको अर्थ नेपालले किन्दा सो खोप १ हजार ६ सय रुपैयाँमा खरिद गर्नुपर्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ