शनिबार, मंसिर ८ गते २०८१

निर्वाचनका लागि ८ अर्ब चाहिने आयोगको प्रारम्भिक अनुमान

निर्वाचनका लागि ८ अर्ब चाहिने आयोगको प्रारम्भिक अनुमान

अखबार दैनिक
सोमबार, माघ ५ २०७७
  • निर्वाचनका लागि ८ अर्ब चाहिने आयोगको प्रारम्भिक अनुमान

    निर्वाचन आयोगले आगामी बैशाखमा हुने मद्यावधि निर्वाचनका लागि आठ अर्व आवश्यक हुने आँकलन गरेको छ । आइतवार राजनीतिक दलका प्रतिनिधिहरुसँग मध्यावधि निर्वाचनका लागि भएको छलफलका क्रममा आयोगले चुनाव खर्चबारे प्रारम्भिक आँकलन गरिँदा ८ अर्व चाहिने जनाएको हो ।

    images

    प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यसबारे निरन्तर सुनुवाइ भइरहेको छ । निर्वाचन आयोगले निर्वाचनको तयारी अघि बढाएको छ । आयोगले निर्वाचनको तयारीका लागि अदालतको विचाराधिन मुद्दा कुर्न नपर्ने बताएको छ । मतदान स्थल र केन्द्र तथा मतदाता नामावली अध्यावधिकको कार्य पनि अघि बढाएको आयोगले जानकारी दिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरिएको थियो । वैशाख १७ र २७ गतेका लागि चुनावसमेत तय गरिएको छ ।

    निर्वाचन आयोगले आज वार्षिक प्रतिवेदन बुझाउने तयारी पनि गरेको छ । आयोगले प्रतिवेदन दिउँसो १ बजे राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ