शुक्रबार, वैशाख २१ गते २०८१

१० नेपालीको विश्व कीर्तिमान

१० नेपालीको विश्व कीर्तिमान

अखबार दैनिक
आइतबार, माघ ४ २०७७
  • १० नेपालीको विश्व कीर्तिमान

    चिसो मौसममा विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटूको सफल आरोहण गरी १० नेपालीले विश्व कीर्तिमान कायम गरेका छन् । स्थानीय समयानुसार शनिबार दिउँसो ४ बजेर ५८ मिनेटमा नेपालका १० पर्वतारोहीले विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरी कीर्तिमान राखेका हुन् ।

    images

    किलर समिट वा स्याभेज माउन्टेन भनेर चिनिने केटु हिमालमा यसअघि हिउँदमा आरोहण गर्न सकिएको थिएन । यो इतिहास रच्ने दशैजना नेपाली शेर्पा आरोही हुन् । हिउँदमा आरोहण गर्नै नसकिएको आठ हजारभन्दा अग्लो शिखर केटु मात्र बाँकी थियो ।

    विश्व कीर्तिमान राख्नेमा निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा जी, सोना शर्पा, मिङ्मा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा छन् । समुद्र सतहबाट केटुको उचाइ ८ हजार ६११ मिटर छ । आरोहीमध्ये मिङ्माले अक्सिजनबिना आरोहण गरेको बताइएको छ ।

    यो आरोहणलाई विश्व इतिहासकै सबैभन्दा ठूलो उपलब्धि र सबैभन्दा साहसिक काम भएको दाबी गरिएको छ । आरोहण सफल भएको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार