आइतबार, जेठ ६ गते २०८१

न्यायाधीशसँग अहिले मात्र होइन, कहिल्यै भेटेको छैन : प्रधानमन्त्री

न्यायाधीशसँग अहिले मात्र होइन, कहिल्यै भेटेको छैन : प्रधानमन्त्री

अखबार दैनिक
शनिबार, माघ ३ २०७७
  • न्यायाधीशसँग अहिले मात्र होइन, कहिल्यै भेटेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई कहिल्यै नभेटेको दावी गरेका छन् ।

    images

    आज (शनिबार)काठमाडौँमा उपलब्ध प्रदेश–१ का कार्यकर्ता भेलालाई सम्बोदन गर्दै प्रधानमन्त्री ओलीले आफूले अहिले मात्र नभएर कहिल्यै पनि न्यायधीशलाई नभेटेको प्रष्ट पारेका छन् । ‘मैले यस पटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन’, प्रधानमन्त्री ओलीले भने ।

    प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले चार जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमै प्रश्न उठेको थियो । रिट निवेदकको तर्फबाट शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी थिइन्, तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यस्तो कुरा गर्नुस् भन्दै रोकेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार