शुक्रबार, मंसिर ७ गते २०८१

प्रधानन्यायाधीश जबराको प्रतिप्रश्‍न : बहस मात्रै लम्ब्याउने कि निकास पनि दिने ?

प्रधानन्यायाधीश जबराको प्रतिप्रश्‍न : बहस मात्रै लम्ब्याउने कि निकास पनि दिने ?

अखबार दैनिक
शुक्रबार, माघ २ २०७७
  • प्रधानन्यायाधीश जबराको प्रतिप्रश्‍न : बहस मात्रै लम्ब्याउने कि निकास पनि दिने ?

    प्रतिनिधि सभा विघटनविरुध्द परेका रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस जारी छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरू विश्‍वम्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

    images

    शुक्रबारको बसहमा प्रतिनिधिसभा विघटनविरुध्‍दका रिट निवेदनमाथिकाे बहसमा संवैधानिक इजालसबाट नै टुंगो लगाउने भन्‍ने विषयमा बहस भयाे । बसहका क्रममा निवेदकतर्फका कानुन व्यवसायीले बृहत् पूर्ण इजलासबाट टुङ्ग्याउनु पर्ने तर्क गरे भने सरकार पक्षकाले संवैधानिक इजलासमै सुनुवाइ हुनुपर्ने तर्क गरेका छन् ।

    मुद्दाको सुनुवाइमा एमिकस क्युरीबाट बहस गरेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संवैधानिक इजलासमै न्यायाधीश थप्‍न सुझाए । वृहत् पूर्ण इजलासमा जानु पर्दैन, ‘संवैधानिक इजलासमा न्यायाधीश थपौँ, ’ कार्कीले भने ।

    विघटनविरुध्‍दका मुद्दा वृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग गरेका निवेदकतर्फका कानुन व्यवसायीलाई प्रधान न्यायाधीश जबराले भने बहस मात्रै लम्ब्याउने कि टुंगो पनि लगाउने भन्दै प्रतिप्रश्न गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार