सोमबार, जेठ ७ गते २०८१

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

अखबार दैनिक
बिहीबार , माघ १ २०७७
  • परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा आज अपराह्न भारतको नयाँदिल्ली पुगेका छन् ।

    images

    उनलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।

    मन्त्री ज्ञवालीले शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नेछन् ।

    यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपीन रावतसँग आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरे । त्यसअवसरमा उनीहरुबीच नेपाल¬–भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार