सोमबार, जेठ ७ गते २०८१

केयूको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण

केयूको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण

अखबार दैनिक
बिहीबार , माघ १ २०७७
  • केयूको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण

    काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति बन्न ४४ जना आकांक्षी देखिएका छन । केयूको उपकलुपति सिफारिश समितिम आफूहरु आकांक्षी रहेको भन्दै ४४ जनाले आफ्नो व्यक्तिगत विवरण बुझाएका हुन ।

    images

    उपकुलपति नियुक्त गर्न गठित सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक रुपमा सूचना जारी गरेपछि सो संख्यामा आकांक्षी देखिएका हुन । शिक्षा मन्त्रालयका एक अधिकृतले जनताटाइम्सलाई दिएको जानकारी अनुसार तोकिएको समय पुस २७ गतेभित्र ४४ आवेदन परेको छ । विश्वविद्यालय सभाले शिक्षामन्त्री एवं सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा संस्थापक उपकुलपति सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना सदस्य हुनुहुन्छ ।

    केयूमा उपकुलपति नियुक्त गर्न पहिलो पटक सार्वजनिक रुपमा गरिएको दरखास्त आह्वानमा ३७ जना प्राध्यापकले व्यक्तिगत विवरण बुझाउनु भएको छ । बाँकी व्यक्तिगत विवरण सहप्राध्यापक, उपप्राध्यापक र प्राज्ञिक क्षेत्र बाहिरका व्यक्ति रहेका छन् । वर्तमान उपकुलपति रामकण्ठ माकाजु, पूर्व रजिष्ट्रारहरु भद्रमान तुलाधर, भोला थापा, शिक्षाविद मनप्रसाद वाग्ले, प्राध्यापक जर्नादन लामिछाने, खगेन्द्रप्रसाद लामिछाने, विरेन्द्रराज तिवारी, निलाम्बर झा, विभुतिरञ्जन झाले पनि व्यक्तिगत विवरण बुझाएको स्रोतले जनायो ।

    सिफारिस समितिले बुधबार व्यक्तिगत विवरणहरुको रुजु गरेको थियो । व्यक्तिगत विवरणको अध्ययन गरेर माघ ५ गते पुनः समितिको बैठक बस्ने कार्यतालिका रहेकोछ । सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने छ । केयूमा ४ वर्षअघि माकाजु दोस्रो कार्यकालका लागि नियुक्ति हुनुभएका माकाजुको कार्यकाल माघ ७ गते सकिदैछ । उहाँले तेस्रो पटक पनि उपकुलपति बन्न व्यक्तिगत विवरण बुझाउनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार