सोमबार, जेठ ७ गते २०८१

माफी माग्दै जी न्यूजले भन्यो –सगरमाथा नेपालकै हो

माफी माग्दै जी न्यूजले भन्यो –सगरमाथा नेपालकै हो

अखबार दैनिक
बुधबार, पुस २९ २०७७
  • माफी माग्दै जी न्यूजले भन्यो –सगरमाथा नेपालकै हो

    सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिलाई लिएर नेपालमा चर्को विरोध भएपछि भारतको टेलिभिजन च्यानल जी न्यूजले अन्ततः माफी मागेको छ ।

    images

    बुधबार रातीको टेलिभिजन कार्यक्रम डीएनएमा च्यानलका प्रधानसम्पादक एवं होस्ट सुधीर चौधरीले नेपालीको भावनामा ठेस पुर्‍याउनु आफ्नो आशय नरहेको भन्दै आफ्नो अभिव्यक्तिले भारत र नेपालको नागरिकबीचको सम्बन्धमा असर नपुर्‍याउने बताए ।

    ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालबाट कसैले छिन्न सक्दैन’ उनले भने, ‘सरकार त आउँछन् जान्छन् तर, दुई देशबीचको नागरिकको सम्बन्धमा हार्दिकता हुनुपर्छ ।’ उनले यसो भनिरहँदा बुधबारको संस्करणमा आफ्नो बारे छापिएको नयाँपत्रिका दैनिक हातमा लिएका थिए ।

    ‘हामी नेपाली दर्शक र नेपाली भाइबहिनीलाई भन्न चाहन्छौं –भारत र नेपालबीच राम र लक्ष्मणको जस्तो सम्बन्ध छ र सँधै रहनेछ । माउन्ट एभरेस्टमा भारतको दाबी हुनुपर्छ भनेर बिल्कुलै भन्न खोजिएको होइन । माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    उनी अगाडि भन्छन् –माउन्ट एभरेस्टको लोकेसनलाई कसैले बदल्न सक्दैन । माउन्ट एभरेस्ट नेपालमै छ र यसलाई कसैले इन्कार गर्न सक्दैन । हामीलाई नेपालका आफ्ना दर्शकलाई निराश तुल्याउनु छैन । तपाइँहरुलाई निराश तुल्याउने उद्देश्य पनि छैन ।’

    सुधीर भन्छन –सरकार कसैको आएपनि हामी र तपाइँ मिलेर अगाडि बढ्नुपर्छ । राजनीति त हुँदै गर्छ । नेपाल र भारतका नागरिकबीच कहिल्यै कुनै समस्या आएन । अगाडि पनि सम्बन्धमा कुनै अवरोध आउन दिँदैनौं । भारत र बाँकी संसारका दर्शकजस्तै नेपाली दर्शक पनि हाम्रा लागि उत्तिकै महत्वपूर्ण छन् । हामीले केवल सगरमाथाको उचाइ मापन गर्ने भारतीय गणितज्ञ राधानाथ सिकदरलाई उनको श्रेय मात्र खोजेका हौं । यो बाटोमा नेपाल कहिँपनि बाटोमा अवरोध छैन । हामी नेपाल र नेपालीसँग कुनै चीज छिन्न चाहन्नौं । हामीले खोजेको मात्र के हो भने भारतकै आफ्नो नामले एभरेस्ट चिनिनुपर्छ भन्ने हो जसरी नेपालले सगरमाथा भनेर चिन्छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार