आइतबार, जेठ ६ गते २०८१

नेकपा विवाद हेरिरहेका निर्वाचन आयोगका सहसचिव गौतमसहित चार सहसचिवको सरुवा

नेकपा विवाद हेरिरहेका निर्वाचन आयोगका सहसचिव गौतमसहित चार सहसचिवको सरुवा

अखबार दैनिक
बुधबार, पुस २९ २०७७
  • नेकपा विवाद हेरिरहेका निर्वाचन आयोगका सहसचिव गौतमसहित चार सहसचिवको सरुवा

    निर्वाचन आयोगका सह–सचिव लक्ष्मी प्रसाद गौतमलाई सरुवा गरिएको छ ।

    images

    कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मंगलबार गौतमको कानुन आयोगमा सरुवा भएको छ भने उनको ठाउँमा गृह मन्त्रालयका पुष्कर सापकोटा लगिएका छन् ।

    गौतम आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख थिए । नेपाल कम्युनिस्ट पार्टी९नेकपा० को वैधानिकता विवाद हेरिरहेका उनले १७ पुस र २३ पुसमा ओली र प्रचण्ड–माधव समूहलाई सात दिने म्यादसहितको पत्र काटेका थिए ।

    नेकपाको दुवै समूहले वैधानिकता दाबी गरिरहेका बेला दश महिना अघि मात्रै मुख्यमन्त्रीको कार्यालय, हेटौडाबाट निर्वाचन आयोगमा आएका गौतमको सरुवालाई चासोका साथ हेरिएको छ ।

    यसैगरी गृह मन्त्रालयमा लोक सेवाका धर्मराज कुइँकेललाई सरुवा गरिएको छ भने आयोगमा गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका दल बहादुर अधिकारीलाई पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार