आइतबार, जेठ ६ गते २०८१

का‌ंग्रेस र प्रचण्ड समूहसँग चुनावमा जाने हिम्मत छैन – टाेपबहादुर रायमाझी

का‌ंग्रेस र प्रचण्ड समूहसँग चुनावमा जाने हिम्मत छैन – टाेपबहादुर रायमाझी

अखबार दैनिक
बुधबार, पुस २९ २०७७
  • का‌ंग्रेस र प्रचण्ड समूहसँग चुनावमा जाने हिम्मत छैन – टाेपबहादुर रायमाझी

    ‘केपी शर्मा ओलीकाे राष्ट्रकाे नायक हाे भन्ने कुरा जनताले बुझिसके’- नेकपा नेता एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले भन्नुभयाे ।

    images

    नाकाबन्दीकाे सामना गरेर, राष्ट्रियताका सवाल अडिग रहेर सुखी नेपाली समृद्ध नेपालकाे लक्ष्य राखेर काम गर्ने नायक केपी ओली नै हाे भन्ने कुरा जनताले बुझिसकेका उहाँकाे भनाइ छ । ‘केही समयमै सत्य अझ उजागर हुनेछ, जनताले देशको नायक काे हो भन्ने बुझ्नेछन्’- उहाँकाे भनाइ छ ।

    तीन वर्षसम्म सरकारकाे नेतृत्वमा बसेर खानेहरुले नै अहिले सरकारकाे विराेध गरिरहेका मन्त्री रायमाझीले बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे – ‘तीन वर्षसम्म मजाले सरकारमा बसेर खाने, अनि आफू हिँडेपछि प्रधानमन्त्रीलाई पनि ढालेर सडकमा पुुर्‍याउने, ढुंगामुढा गर्ने ?’

    केही मानिसहरु विकास र समृद्धिका कुरा गर्दै हुँदा खाँदाकाे सरकारलाई ढालेर सडकमा गएका उहाँले बताउनुभयाे । सबैले ढुंगामुढा र विराेध प्रदर्शन गर्ने हाे भने देश अप्ठेरामा पर्ने बताउँदै उहाँले प्रश्न गर्नुभयाे – ‘सबैले त्यसो गर्ने भए यो देशको समृद्धि कहाँ जान्छ ? देश र प्रणाली कसले बचाउँछ ?’

    प्रतिपक्षी का‌ंग्रेस र नेकपाकै केही नेता चुनावमा जान हिम्मपत नगरेका पनि उहाँले बताउनुभयाे । आफू प्रतिपक्षी भएकाे दाैडेर चुनावमा गइहाल्ने उहाँकाे भनाइ छ । ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्नेहरु खुशी भएर नयाँ जनादेशमा जानुपर्नेमा किन अप्ठेरो मानेको ?’- उहाँकाे प्रश्न छ ।

    प्रधानमन्त्रीले वाध्य भएर प्रतिनिधि सभा विघटनकाे निर्णय गर्नुभएकाे उहाँले प्रष्ट पार्नुभयाे । चुनाव घाेषणा हुँदा जनतामा केही अलमल देखिए पनि पार्टीभित्रको विवादबारे स्पष्ट पारिएपछि सबै कुरा जनताले बुझेका पनि उहाँले बताउनुभयाे । ‘प्रधानमन्त्रीलाई बाध्य पारिएको रहेछ भन्ने जनताले बुझेका छन्, विस्तारै निर्वाचनका पक्षमा जनमतको लहर उर्लिरहेको’- उहाँले भन्नुभयाे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार