बिहीबार , असोज ३ गते २०८१

संसद बिघटन विरोधमा विद्यार्थीले काठमाडौँमा प्रधानमन्त्रीको पुत्ला दहन

संसद बिघटन विरोधमा विद्यार्थीले काठमाडौँमा प्रधानमन्त्रीको पुत्ला दहन

अखबार दैनिक
बिहीबार , पुस २३ २०७७
  • संसद बिघटन विरोधमा विद्यार्थीले काठमाडौँमा प्रधानमन्त्रीको पुत्ला दहन

    संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूह निकटका विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

    images

    दाहाल-नेपाल समूह निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीले नेपाल कमर्स क्याम्पस मीनभवन र भृकुटीमण्डप प्रदर्शनीमार्गको रत्नराज्य क्याम्पसबाहिर पुत्ला जलाएका हुन् ।

    पुत्ला दहनको क्रममा प्रहरीले हस्तक्षेप गरी पुत्ला खोसेको थियो भने लाठी चार्ज पनि गरेको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गराएपछि विभिन्न राजनीतिक दल र समूह आन्दोलनमा छन् । विशेषगरी ती दल र समूह निकट युवाविद्यार्थी सडक आन्दोलनमा सक्रिय भइरहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ