सोमबार, वैशाख २४ गते २०८१

बेलायतमा पुनः देशव्यापी लकडाउन घोषणा

बेलायतमा पुनः देशव्यापी लकडाउन घोषणा

अखबार दैनिक
मंगलबार, पुस २१ २०७७
  • बेलायतमा पुनः देशव्यापी लकडाउन घोषणा

    बेलायतमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोन्सनले देशभर पुनः लकडाउन घोषणा गरेका छन् । फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने गरी लकडाउन घोषणा गरिएको छ ।

    images

    प्रधानमन्त्री जोन्सनले मानिसहरुलाई घरमै रहन अपिल गरेका छन् । प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै भनेका छन्, ‘जसरी संक्रमण बढ्दै गएको छ, यसबाट स्पष्ट भएको छ हामीले अझै धेरै मेहनत गर्नु पर्ने भएको छ । त्यसैले देशव्यापी लकडाउन लागु गर्नु पर्यो ।’ उनले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन पनि अपिल गरेका छन् ।

    बेलायतले कोरोना भाइरसविरुद्धको खोप अक्सफोर्ड–एस्ट्राजेनेका लगाउन आरम्भ गरिसकेको छ । देशभर स्थापना गरिएका खोप केन्द्रहरुबाट पाँच लाख भन्दा बढी खोप दिइने बेलायत सरकारले जनाएको छ ।

    बीबीसी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ