मंगलबार, वैशाख १८ गते २०८१

भारतीय सञ्चार माध्यमहरुको दाबी : चीनको विशेष प्रतिनिधि गोप्य रुपमा काठमाडौंमा

भारतीय सञ्चार माध्यमहरुको दाबी : चीनको विशेष प्रतिनिधि गोप्य रुपमा काठमाडौंमा

अखबार दैनिक
सोमबार, पुस २० २०७७
  • भारतीय सञ्चार माध्यमहरुको दाबी : चीनको विशेष प्रतिनिधि गोप्य रुपमा काठमाडौंमा

    सत्तारुढ नेकपाको विभाजन रोक्न अहिले पनि चिनियाँ टोली काठमाडौंमा सक्रिय रहेको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको दूतको रुपमा काठमाडौंमा रहेको तीन सदस्यीय टोलीले नेकपाको विभाजन रोक्ने प्रयास गरिरहेको भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले दाबी गरेको छ ।

    images

    काठमाडौंमा रहेको सो टोलीले नेपाली राजनीतिज्ञहरुलाई भेटघाट गरिरहेको दाबी गरे पनि यसबारे नेपाल सरकार र चीन सरकारले औपचारिक धारणा सार्वजनिक गरेको छैन। अघिल्लो हप्ता चार सदस्यीय चिनियाँ टोली चार दिने नेपालको भ्रमण सकेर स्वदेश फर्किएको थियो ।

    तर, उच्च स्रोतको हवाला दिँदै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ, ‘चीनले नेपालमा गुप्त प्रयास गरिरहेको छ । अहिले चिनियाँ कम्युनिष्ट पार्टीको तीन सदस्यीय टोलीलाई कार्यभार सुम्पिएको छ ।’ ।

    चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा नेतृत्वमा चार सदस्यीय टोली अघिल्लो साता काठमाडौं आएर नेकपाको विभाजन रोक्ने प्रयास गरेको थियो । सो टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो ।

    तर, अहिले पनि तीन सदस्यीय चिनियाँ टोली काठमाडौंमा सक्रिय रहेको सो पत्रिकाले समाचार लेखेको छ । । सो टोलीलाई चिनियाँ सीले पूरा अधिकार दिएको दाबी गरिएको छ ।

    येचौ नेतृत्वको टोली अघिल्लो साता काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि नै सडकमार्ग हुँदै चीनबाट आएको अर्को टोली अहिले काठमाडौंमा रहेको दाबी गरिएको हो ।

    यसबारे सत्तारुढ नेकपासहित नेपाल सरकार र काठमाडौंस्थित चिनियाँ दूतावासलगायत सम्बन्धित् पक्षले हालसम्म केही प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ