मंगलबार, जेठ ८ गते २०८१

अछामका सांसद यज्ञ बोगटी ओली समूहमा, भीम रावललाई जिल्लामा कठिन हुनसक्ने

अछामका सांसद यज्ञ बोगटी ओली समूहमा, भीम रावललाई जिल्लामा कठिन हुनसक्ने

अखबार दैनिक
आइतबार, पुस १९ २०७७
  • अछामका सांसद यज्ञ बोगटी ओली समूहमा, भीम रावललाई जिल्लामा कठिन हुनसक्ने

    अछाम क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा विजयी सांसद यज्ञ बोगटी नेकपा ओली समूहमा खुलेका छन् । आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट केन्द्रीय सदस्यको सपथ लिएर उनले कित्ता क्लियर गरेका हुन् ।

    images

    यसअघि नेकपाको प्रधानन्त्री केपी शर्मा ओली समूहले उनलाई केन्द्रीय समिति सदस्य बनाएको थियो । तर, उनले सपथ ग्रहण नगरी केही समय पार्टी एकताका पक्षमा माहौल बनाउने भन्दै तटस्थ बसेका थिए ।

    सांसद बोगटी तटस्थ बसेपछि अछाममा भीम रावल निकटहरुले उनी माधव—प्रचण्ड समूहमा लागेको भन्दैं प्रचार गरेका थिए । तर, बोगटी आफ्नो क्षेत्रका जनता र त्यहाँ अगुवा कार्यकर्ताहरुसँग छलफलमा थिए ।

    क्षेत्रको जनमत र पार्टीका अगुवा कार्यकर्ताको मन बुझेपछि बोगटीले आइतबार सपथ लिएका हुन् । अछाममा उनीमाथि रावल र उनी निकटहरुले पटक—पटक अन्याय गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ