बिहीबार , असोज ३ गते २०८१

केपी ओलीलाई बुझ्न सकिएन, क्षमा चाहन्छौँ : प्रचण्ड

केपी ओलीलाई बुझ्न सकिएन, क्षमा चाहन्छौँ : प्रचण्ड

अखबार दैनिक
मंगलबार, पुस १४ २०७७
  • केपी ओलीलाई बुझ्न सकिएन, क्षमा चाहन्छौँ : प्रचण्ड

    नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफी मागेका छन् ।

    images

    आफूहरुले नै बनाएको प्रधानमन्त्रीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्‍यो भन्नुपर्दा आफूहरुलाई अप्ठ्यारो लागेको उनले बताए । ‘ओली गणतन्त्रवादी आन्दोलनमा पक्षमा छैनन् भन्ने पनि थाहा थियो, बयलगाढाको सिद्धान्त पनि थाहा थियो’, संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड-माधव समूहले काठमाडौँको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘उहाँले जनताको आन्दोलनको आँधी आयो, हुरी आयो, मैले पनि मानिदिएँ भन्नुभयो । हामीले सच्चिनुभयो होला भन्ने मान्यौँ।’

    तर ओली त अझै बयलगाढामै रहेछन् भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले अघि भने, ‘केपी ओलीलाई बुझ्न सकिएन, यसमा जनतासँग क्षमा याचना गर्न चाहन्छु ।’ ओली निरंकुश तानाशाह रहेको र उनले देशलाई भड्खालो हाल्न चाहेको उनको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ