बिहीबार , असोज ३ गते २०८१

ओलीसँग मिल्न प्रचण्डलाई चीनको दवाव

ओलीसँग मिल्न प्रचण्डलाई चीनको दवाव

अखबार दैनिक
सोमबार, पुस १३ २०७७
  • ओलीसँग मिल्न प्रचण्डलाई चीनको दवाव

    नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको विवाद समाधान गर्न र पार्टी बिभाजन रोक्न उत्तरी छिमेक चीनबाट आएको विशेष टोलीका सदस्यले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्न दवाव दिएका छन् ।

    images

    पार्टीभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपश्चात बिभाजन भएको नेकपाका दुई खेमा मिलाउन चिनिया उपमन्त्रीसहितको टोली आइतबारदेखि राजधानीमा खटिएको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आइतबार चार सदस्यीय टोली काठमाडौं आएको थियो । उक्त टोलीले सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर प्रचण्डलाई ओलीसंग मिल्न दवाव दिएको स्रोतले बताएको छ ।

    प्रचण्ड निकट एक नेताका अनुसार चिनिया टोलीले प्रचण्डलाई ओलीसंग मिलेर अगाडी बढ्नुपर्ने भन्दै नेपालमा कम्युनिस्ट फुट्नु राम्रो संकेत नभएको बताएका थिए ।

    चीनले नेपालमा कम्युनिस्ट राम्रो पोजिसनमा भए जहिले पनि मिलेर अगाडी बढ्न सकिने भएकाले त्याग गरेरै भएपनि एकता जोगाउन भन्दै उपमन्त्री कुओले आग्रह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ