शुक्रबार, मंसिर ७ गते २०८१

१८ वर्ष पुगेकालाई मतदाता नामावलीमा समेट्न निर्वाचन आयोगको गृहकार्य

१८ वर्ष पुगेकालाई मतदाता नामावलीमा समेट्न निर्वाचन आयोगको गृहकार्य

अखबार दैनिक
सोमबार, पुस १३ २०७७
  • १८ वर्ष पुगेकालाई मतदाता नामावलीमा समेट्न निर्वाचन आयोगको गृहकार्य

    निर्वाचन आयोगले १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृहकार्य अगाडि बढाएको छ ।

    images

    आयोगले २०७८ वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि युवा मतदाताको सहभागिता बढोस् भन्ने उद्देश्यले यस्तो गृहकार्य अगाडि बढाएको हो । सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गरि वैशाख १७ र २७ गते तोकिएको निर्वाचनमा युवाहरुको भुमिका महत्वपुर्ण रहेकाले युवाहरुको सहभागिताको लागि गृहकार्य अगाडी बढाएको हो ।

    आयोगले यसअघि निर्वाचनको मिति घोषणा भएकै दिनलाई आधार मानेर सो दिनसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहित विवरण टिपाएका नेपाली नागरिकलाई मतदाता नामावलीमा समावेश गर्दै आएको थियो । यस पटक भने वैशाख १६ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको विवरण आयोगका जिल्लास्थित कार्यालयहरूमा समावेश गराइसकेका नागरिकले मात्रै मतदाता हुन पाउने छन् ।

    उमेर १६ वर्ष पुगेपछि नेपाली नागरिकता बनाउन पाउने र नागरिकता बनाउँदा नै मतदाता हुनका लागि फोटोसहितको विवरण समावेश गराएका नागरिक १८ वर्ष पुगेपछि स्वतः मतदाता नामावलीमा समावेश हुनेछन् । विगतको परम्परालाई परिवर्तन गर्दै आयोगले मतदाता हुनु अघिल्लो दिन १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता विवरणमा नाम रहेकालाई समेट्ने निर्णय गरेमा युवा मतदाताको सङ्ख्या केही हदसम्म बढ्ने छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ