बिहीबार , असोज ३ गते २०८१

मुख्यमन्त्री शंकर पोखरेल पनि धरापमा

मुख्यमन्त्री शंकर पोखरेल पनि धरापमा

अखबार दैनिक
सोमबार, पुस १३ २०७७
  • मुख्यमन्त्री शंकर पोखरेल पनि धरापमा

    केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले चलेको कदमले नेकपा विभाजनको अवस्थामा पुगेको छ भने त्यसको असर प्रदेश हुँदै स्थानीय तहसम्म देखिएको छ ।

    images

    संसद् विघटन गरेपछि देखिएको अवस्था सामान्य छैन । सत्तारुढ नेकपाकै एउटा समुहले अर्को समूहमाथि प्रहार थालेको छ । बागमती प्रदेश हुँदै प्रदेश १ सम्म मुख्यमन्त्रीहरूको कुर्सी धरापमा परेकै बेला लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी थालिएको छ ।

    धेरैजसो प्रदेश सरकारहरु संकटमा पर्न थालेका छन् । प्रधानमन्त्री ओलीका विश्वासपात्र समेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेल अल्पमतमा पर्ने देखिएको छ ।

    ८७ सदस्यीय प्रदेशसभामा हाल नेकपा स्थायी कमिटि सदस्य पोखरेलले दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गरेका थिए । प्रदेशसभामा नेकपाका ६१ सांसद छन् । पार्टी विभाजन भएको अवस्थामा उनको पक्षमा ३१ सांसद मात्रै रहने छन् । तत्कालीन एमालेबाट ४१ र माओवादी केन्द्रबाट २० सांसद प्रदेशसभामा आएका थिए ।

    स्रोतका अनुसार केहि सांसद प्रचण्ड-नेपाल समुहमा आउने तयारीमा छन् । पछिल्लो मन्त्रिपरिषद बिस्तारकै कारण नेताहरोमा तीव्र असन्तुष्टि फैलिएको कारण उनीहरू प्रचण्ड-नेपाल समुहमा आउने तयारी थालेका हुन् ।

    पछिल्लो समय देखिएको समीकरणकै कारण पोखरेल नेतृत्वको प्रदेश सरकार टिकाउन आवश्यक बहुमत अर्थात् ४४ सांसद जुटाउन मुख्यमन्त्री पोखरेललाई कठिन देखिन्छ ।

    मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थालिएको स्रोतले दाबी गरेको छ । त्यसका लागि केन्द्रको आदेश कुरिरहेको एक नेताले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ