बिहीबार , असोज ३ गते २०८१

प्रचण्ड चुनावपछि पुन ओलीको शरणमा आउनेछन् – नेता बस्नेत

प्रचण्ड चुनावपछि पुन ओलीको शरणमा आउनेछन् – नेता बस्नेत

अखबार दैनिक
सोमबार, पुस १३ २०७७
  • प्रचण्ड चुनावपछि पुन ओलीको शरणमा आउनेछन् – नेता बस्नेत

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले नेकपाका प्रचण्ड–नेपाल पक्षका नेता पुष्पकमल दाहाल चुनाव पछि पुनः केपी ओलीको शरणमा आउने बताएका छन् ।

    images

    बस्नेतले प्रचण्ड पछिल्ला दिनमा जबज पथमा हिँड्नका लागि केपी ओलीले खटाएको बाटोमा हिँडेको बताएका छन् । बस्नेतले प्रचण्डको रेखदेखका लागि माधव नेपाल र झलनाथ खनालहरुलाई पनि साथै लगाएको उल्लेख गर्दै लेखेका छन्, जे होस जबज पथमा हिड्ने अभ्यास गराउन नेकपा अध्यक्ष के पी ओली राम्रै संग खटाउनु भएको छ। तल माथी नगरुन भनेर क माधब नेपाल र क झलनाथ खनाललाई पनि पठाउनु भएको छ।

    बस्नेतले सामाजिक सञ्जालमा नेकपाको विवादपछि फरकधारको नेतृत्व गरेका पुष्पकमल दाहालका विगत देखि वर्तमानसम्म संक्षेपमा लेख्दै उक्त कुरा बताएका हुन् । प्रचण्डले कुनै बेला संसदीय व्यवस्था भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था हो भन्दै हिँडेको स्मरण गर्दै बस्नेतले कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिक धारको बाटो जनताको बहुदलीय जनबादको बाटोमा हिँडेका बताएका छन् ।

    बस्नेले सामाजिक सञ्जालमा अगाडि लेखेका छन्, ‘शसस्त्र संघर्षको माध्यम बाट सत्ता कब्जा गर्ने, अर्थात बन्दुकको नाल बाट सत्ता कब्जा गर्ने रणनीति लिएर हिडनु भएका, अनि संसदीय ब्यबस्था भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने ब्यबस्था हो भनेर उदघोस गरेर, प्रत्यक्ष निर्वाचित शक्तिशाली राष्ट्रपति बन्ने सपना देखेका नेता प्रचण्ड कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिक धारको बाटो जनताको बहुदलीय जनबादको बाटोमा हिडनु भएको छ।

    कहिले बेमौसममा प्रधानमन्त्री बन्न अबिस्वासको प्रस्ताव लिएर सदन जानू हुन्छ। कहिले सडक तताउन माइतीघर मण्डला जानू हुन्छ। कहिले सुर्य अंकित ब्यानरको माला लगाएर निर्वाचन आयोग जानु हुन्छ। सेना प्रहरीमा जागीर खाँदा रिगरुड तालिम लिनु पर्ने हुन्छ। जे होस जबज पथमा हिड्ने अभ्यास गराउन नेकपा अध्यक्ष के पी ओली राम्रै संग खटाउनु भएको छ।

    तल माथी नगरुन भनेर क माधब नेपाल र क झलनाथ खनललाइ पनि पठाउनु भएको छ। थाकेर गलेर पुरानै बाटो फर्केर सुर्यको सट्टा हसिया हथौड़ा वाला चिन्ह बोकेर हिड्ने हुन कि चुनब पछि राम्रै सबक सिकेर के पी ओलीको सरणमा आउने हुन समयले देखाउने छ। जे होस यो काल प्रचण्ड कमरेडको रुपान्तरणको एतिहासिक काल हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ