शनिबार, जेठ ५ गते २०८१

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदै

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदै

अखबार दैनिक
सोमबार, पुस १३ २०७७
  • प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदै

    प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । समूह ‘ए’ को समूहचरणको अन्तिम खेल हुन लागेको हो ।

    images

    दाङको देउखुरी क्रिकेट रंगशालामा जारी प्रतियोगितामा आजको पहिलो खेलमा कर्णाली र प्रदेश २ का बीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा दिउँसो सेमिफाइनल पुगिसकेका एपीएफ र लुम्बिनी समूह प्रतिस्पर्धा गर्नेछन् । दुवै टिम सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् ।

    आजको खेलको नतिजाबाट समूह ‘ए’ को विजेता र उप-विजेताको टुंगो लाग्ने छ । समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, प्रदेश १, गण्डकी र वाग्मती प्रदेश रहेका छन् । समूह ‘बी’ को खेल भोलिदेखि सुरु हुने छ । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ भने फाइनल खेल १९ गते हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार