सोमबार, वैशाख २४ गते २०८१

ओलीको कम आयु भएको ठोकुवा गर्दै प्रचण्डले पाँच वर्षे कार्यकालको सहमति गरेका थिए

ओलीको कम आयु भएको ठोकुवा गर्दै प्रचण्डले पाँच वर्षे कार्यकालको सहमति गरेका थिए

अखबार दैनिक
आइतबार, पुस १२ २०७७
  • ओलीको कम आयु भएको ठोकुवा गर्दै प्रचण्डले पाँच वर्षे कार्यकालको सहमति गरेका थिए

    ४ मंसिर २०७६ मा बसेको सचिवालय बैठकले मौजुदा प्रतिनिधि सभाको अवधिभर सरकार ओलीले चलाउने र पार्टीको एकता महाधिवेशनसम्म कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डले पार्टी चलाउनेसहित कार्यविभाजन सम्बन्धी निर्णय गरेको थियो । र यो निर्णयले पार्टीभित्र सरकारको आलोपालो गर्ने विवादलाई अन्त्य गरिएको थियो ।

    images

    तर, यस निर्णयप्रति प्रचण्डले सहमति जनाउनु प्रधानमन्त्री ओलीको स्वास्थ्यप्रति नकारात्मक सोचको कारण रहेको अहिले उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले आरोप लगाएका छन् ।

    यो निर्णय हुँदा प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गाैला प्रत्यारोप गर्ने तयारी भइरहेको थियो । मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली गत फागुन १९ गते टिचिङ अस्पताल भर्ना भए ।

    २१ गते मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले आममानिसलाई अचम्मित पार्दै प्रत्यारोपण गरिएको १० दिनमै फागुन ३० गते अस्पतालबाट डिस्चार्ज भएर बालुवाटारस्थित सरकारी निवास फर्किए । मिर्गाैला प्रत्यारोपण अघि प्रधानमन्त्री ओलीबारे गरिएको स्वास्थ्य अवस्थाबारे अनुमान असफल भएपछि प्रचण्डले पार्टीमा लफडा गरेको ईश्वर पोखरेलको आरोप छ ।

    DPM-ishwor-pokhrel.jpg

    दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्दा ओलीको मृत्यु हुनु र आफू प्रधानमन्त्री बन्ने ठोकुवासहित मंसिरमा ओलीलाई पाँच वर्ष सरकार चलाउन दिन प्रचण्ड सहमत भएको पोखरेलेको गम्भीर आरोप छ ।

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को नेकपा अगुवा कार्यकर्ता भेलालाई शनिबार (पुस ११) सम्बोधन गर्दै ईश्वर पोखरेलले मिर्गौैला प्रत्यारोपण गर्दा ओलीको मृत्यु हुने र आफू प्रधानमन्त्री बन्ने दाउका साथ पाँच वर्ष सरकार चलाउन दिन प्रचण्ड सहमत भएको आरोप लगाएका हुन् ।

    प्रचण्ड समूहले मिर्गाैला प्रत्यारोपण गर्दा ओलीको मृत्यु हुने ठोकुवा गरेको खबर आफूहरुले पाएको भन्दै नेता पोखरेलले तर, प्रधानमन्त्री ओली सोचेको भन्दा पनि स्वस्थ भएर अस्पतालबाट निवास फर्केपछि प्रचण्डले फेरि पार्टीमा लफडा झिकेको आरोप लगाए ।

    मिर्गाैला प्रत्यारोपण गरेर फर्केपछि प्रचण्डले विभिन्न बाहनामा पार्टीभित्र विवाद सृजना गर्दै अहिले फुटको अवस्थामा पु¥याएको नेता पोखरेलको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ