बिहीबार , असोज ३ गते २०८१

गौतम र नेपालले भेटे प्रधानमन्त्री ओलीलाई

गौतम र नेपालले भेटे प्रधानमन्त्री ओलीलाई

अखबार दैनिक
बिहीबार , पुस ९ २०७७
  • गौतम र नेपालले भेटे प्रधानमन्त्री ओलीलाई

    प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले भेट गरेका छन् । केहीबेर अघि गौतम र बादल ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

    images

    केही बेरमै ओली पक्षको केन्द्रीय कमिटी बैठक पनि बस्दै छ । बैठक अघि अहिलेसम्म कुनै पनि पक्षमा सहभागी नभएका दुवै नेताले केपी ओलीलाई भेटेका हुन् ।

    बादल ओली पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी हुँदै छन् भने गौतम सहभागी हुने नहुने टुङ्गो लागेको छैन।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ