मंगलबार, मंसिर ११ गते २०८१

जापनिज एन्सेफलाईइटिस खोपको दुई दशक लामो सफल अनुभबसँगै कोविड १९ खोपको कार्यन्वयनमा समेत अनुसरण गर्ने कि ?

जापनिज एन्सेफलाईइटिस खोपको दुई दशक लामो सफल अनुभबसँगै कोविड १९ खोपको कार्यन्वयनमा समेत अनुसरण गर्ने कि ?

अखबार दैनिक
बुधबार, पुस ८ २०७७
  • जापनिज एन्सेफलाईइटिस खोपको दुई दशक लामो सफल अनुभबसँगै कोविड १९ खोपको कार्यन्वयनमा समेत अनुसरण गर्ने कि ?

    आजभन्दा करीब २० बर्ष अगाडी (१९९९ ) चीनमा उत्पादित, चिनमा मात्र प्रयोगमा (१९८८-१९९८) आयको जे को लाईभ अत्तेनुनतेद स—१४-१४-२ भेक्सिन चिन पछि नेपाल सफल कार्यन्वयन परीक्षण गर्ने पहिलो देश होइ आजसम्म नेपालमा यति ठुलो मात्रामा कुनैपनि खोपको परीक्षण प्रयोगमा आयको इतिहास छैन । नेपाल सरकार स्वस्थ्य मन्त्रालयले यो खोप १९९९ मा बाँके बर्दिया र कैलालीमा गरि १ लाख ५० हजार भन्दा धेरै १-१५ बर्षका बच्चाहरुलाई दिईयको थियो ।

    images

    हाल कोविड १९ को खोपको सम्बन्धमा संसारका धेरै जसो देशले आपतकालीन प्रयोगको लागि स्वीकृति दियको समाचारहरु आई रहेकाछन नेपालले पनि अध्यादेश बाट यसप्रकारको खोप आपतकालीन प्रयोग गर्ने बाटो खोलि जनमानसमा लगाउने कार्ययोजना बनाउदै गरेको देखिन्छ ।

    बिगतमा जे खोपको क्लिनिकल परीक्षण हुदा र हाल कोविड १९ खोपहरु नेपालमा प्रयोगमा ल्याउदा केहि पक्ष मिल्दाजुल्दा देखियकोले कोविड १९ खोपमा पनि जे खोपको सफल कार्यन्वयनको नेपालको पुर्बअनुभबलाई समेत मध्येनजर गर्नु पर्ने देखिन्छ । जे खोपको सफल कार्यन्वयन तथा प्रभावकारिता मुल्यांकनले गर्दा जे महामारीको नियन्त्रण तथा रोकथाम गर्न जनस्वास्थ्यको ईतिहासमा नेपाल कोसेढुंगा साबित भयको छ ।

    कोविड १९ को मस्स वक्किनेशन प्रयोगमा ल्याउन स्विकृतिको प्रोतोकोल तयार भयको भन्ने समाचार माध्यमबाट जानकारी हुन अयाकोले बिगतको जे वक्किनेशन को कार्यन्वयनको अनुभब (प्रोतोकोल्) बाट सिकेका क्षेत्रमा समेत अध्यनछलफल गर्दै कोविड १९ वक्किने को अप्रिय असर प्रभाबकारीता सम्बन्धि अध्यन अनुसन्धानई समेत समाबेस गर्न सके यस्तो अध्यनको प्रतिफलको आधारमा नेपालमा भबिष्यमा कोविड १९ को वक्किनेशन प्रभाबकारी बनाउन थप उपयोगी हुन सक्ने छ भन्ने बिगतको अनुभवले देखायको छ । अत: यी बुदाहरु समाबेस गर्न सम्बन्धि निकायको ध्यान आकर्षण हुन समेत अनुरोध गर्दछु ।

    डा. जयबहादुर टन्डन,

    जनस्वस्थ्य बिज्ञ

    ( नेपालमा जे ई भेक्सिन प्रभावकारिता अनुसंधानकर्ता)

    प्रतिक्रिया दिनुहोस

    थप समाचार