बिहीबार , असोज ३ गते २०८१

पूर्व एमालेबाट ६८ प्रतिशत सांसद प्रधानमन्त्री ओलीको पक्षमा

पूर्व एमालेबाट ६८ प्रतिशत सांसद प्रधानमन्त्री ओलीको पक्षमा

अखबार दैनिक
बुधबार, पुस ८ २०७७
  • पूर्व एमालेबाट ६८ प्रतिशत सांसद प्रधानमन्त्री ओलीको पक्षमा

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा फुटमा पुगिसकेको छ । फुटसँगै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्ष र दोस्रो नम्वरका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष भएर छुटिएको हो ।

    images

    पूर्व एमालेका नेता कार्यकर्ताले भने आफ्ना नेता नेपाल पूर्वमाओवादीसँग मिल्न गएको टिप्पणी गरेका छन् । उनिहरुको टिप्पणी कुनै पूर्वाग्रहले होइन्, पूर्व एमालेबाट सांसद जितेकाहरुको बाँडफाँटका आधारमा भनेका हुन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले १२१ सिट जितेको थियो । प्रत्यक्षतफै ८० र समानुपातिकतर्फ ४१ सिट जितेको थियो । कुल सिटमध्ये अहिले पार्टी फुट्दा प्रधानमन्त्री ओलीको पक्षमा ८२ (६७.७६ प्रतिशत) सांसद उभिएका छन् ।

    नेपालले भने ३९ सांसद लिएर प्रचण्डसँग मिल्न पुगेका छन् । प्रत्यक्ष निर्वाचितमध्ये ओलीको पक्षमा ५४ जना सांसद छन् भने समानुपातिकतर्फ २६ सांसद रहेका छन् । नेपालले प्रत्यक्षतर्फ २७ र समानुपातिकतर्फ १२ सांसद लिएर प्रचण्डभन्दा मुनि अध्यक्ष भएर बसेका छन् । पूर्व एमालेका नेता कार्यकर्ताले ओलीले आफ्नो मुनि राखेका प्रचण्डलाई माधव नेपालले आफुभन्दा माथी राख्नुले नै को को सँग मिलेको भनेर प्रष्ट हुने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ