सोमबार, जेठ ७ गते २०८१

संविधानले प्रत्याभूत गरेको स्वतन्त्र न्यायपालिकाप्रति प्रतिबद्ध छौँ : प्रधानन्यायाधीश जबरा

संविधानले प्रत्याभूत गरेको स्वतन्त्र न्यायपालिकाप्रति प्रतिबद्ध छौँ : प्रधानन्यायाधीश जबरा

अखबार दैनिक
बुधबार, पुस ८ २०७७
  • संविधानले प्रत्याभूत गरेको स्वतन्त्र न्यायपालिकाप्रति प्रतिबद्ध छौँ : प्रधानन्यायाधीश जबरा

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपालको न्यायपालिका संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

    images

    बुधवार सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलनमा उनले भने, ‘नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताको लागि न्यायपालिका सदैव प्रतिबद्ध, गम्भीर र संवेदनशील छ ।’

    न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र गरिमा कायम राख्न सबैले त्यसै प्रकारको सोच, दृष्टिकोण र व्यवहार गर्नुपर्ने पनि प्रधानन्यायाधीश जबराले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार