बिहीबार , असोज ३ गते २०८१

प्रचण्डले माधवलाई छिट्टै भुइँमा पछार्नेछन् – गोकुल बास्कोटा

प्रचण्डले माधवलाई छिट्टै भुइँमा पछार्नेछन् – गोकुल बास्कोटा

अखबार दैनिक
बुधबार, पुस ८ २०७७
  • प्रचण्डले माधवलाई छिट्टै भुइँमा पछार्नेछन् – गोकुल बास्कोटा

    प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेकपाका नेता गोकुल बास्कोटाले छ महिनापछि माधवकुमार नेपालको अवस्था घर न घाटको हुने बताएका छन् ।

    images

    नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै बास्कोटाले छ महिनापछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाललाई भुइँमा लगेर पच्छार्ने बताए ।

    पार्टी एकीकरण र समन्वयात्मक भूमिका खेल्ने नाममा माधवकुमार नेपालले धोका दिएका उनले बताएका छन् ।

    प्रचण्डले पनि पार्टी एकीकरणको नाममा एमालेलाई सिध्याउने रणनीति बनाएको कुरा अहिले आएर प्रष्ट भएको नेता बास्कोटाले बताएका छन् ।

    ‘पार्टी एकीकरण रणनीति मात्रै रहेछ । प्रचण्डको राणनीतिक रहेछ’, उनले भने, ‘माधवकुमार नेपाललाई प्रचण्डले छ महिनापछि भुइँमा लगेर पर्छार्ने छन् । त्यो देखिएको छ । त्यस बेला मलाई भन्थ्यो भन्नु होला ।’

    ‘छ महिनाभित्र माधव नेपाल घर न घाटको हुनेछन्’, उनले भने, ‘माधव नेपाललाई प्रधानमन्त्री भन्दै थिए । अहिले अर्कैको नाम आएको छ । त्यो नाम पनि बदल्लान् नि ?’

    माधवकुमार नेपाल र प्रचण्ड मिलेर ओलीमाथि ‘कु’ गरेको उनले आरोप लगाएका छन् । ‘उहाँहरूले ‘कु’ गर्नुभयो । माधव नेपाल उता जाने कुरा रहेछ । समन्वयात्मककारी काम गर्छु भन्नुभएको थियो । उहाँ ढोँगी हुनुहुँदो रहेछ’, उनले भने, ‘माधवजी खुला प्रतिस्पर्धा उहाँको जीवनमा रहेनछ । सधैँ षड्यन्त्र गरेर खाने मात्रै रहेछ ।’

    माधवकुमार नेपालले ‘जबज’ छाडेर प्रचण्डको पछाडि लागेर गएको नेता बास्कोटाले आरोप लगाएका छन् ।

    ‘कोटरीबाट माधव नेपालले केही गर्नु हुन्न । नक्कली पार्टी बनाउनु भएको छ’, उनले भने, ‘नक्कली प्वाँख हो, मयुरको खास प्वाँख पनि होइन । नाकटमा मान्छे नाच्छ नि त्यस्तो खालको कार्यले कोही चल्नेवाला छैन ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ