बिहीबार , असोज ३ गते २०८१

बालुवाटारमा ओली पक्षको केन्द्रीय कमिटी बैठक

बालुवाटारमा ओली पक्षको केन्द्रीय कमिटी बैठक

अखबार दैनिक
मंगलबार, पुस ७ २०७७
  • बालुवाटारमा ओली पक्षको केन्द्रीय कमिटी बैठक

    प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन् । उनीहरुलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने ओली पक्षको तयारी छ ।

    बिहान नौ बजे बोलाइएको बैठक केन्द्रीय सदस्यहरुको सूची तयार पार्नु पर्ने भन्दै ढिला सुरु भएको हो ।

    आजै प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक पनि बस्दै छ । प्रचण्ड–नेपाल पक्षको बैठक दिउँसो १ बजे कार्की ब्यांक्वेट बबरमहलमा बोलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ