बिहीबार , असोज ३ गते २०८१

अब एकता भंग हुन्छ र एमाले ब्युँतिन्छ – ओली

अब एकता भंग हुन्छ र एमाले ब्युँतिन्छ – ओली

अखबार दैनिक
सोमबार, पुस ६ २०७७
  • अब एकता भंग हुन्छ र एमाले ब्युँतिन्छ – ओली

    संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुट्ने बताएका छन् । तर, पार्टी नफुटे पनि एकता भने भंग हुने र पूर्वसमूह ( एमाले र माओवादी) आ–आफ्नो बाटो लाग्न सक्ने प्रधानमन्त्री ओलीको विश्लेषण छ ।

    images

    प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बिहान आफूनिकटका सांसद र केन्द्रीय सदस्यहरुको भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो विश्लेषण सुनाए ।

    आफूले संसद विघटन गरेर मध्यावधि चुनावमा जानुपर्ने कारणबारे बताउनका लागि ओलीले आफ्नो पक्षका नेताहरुलाई बालुवाटारमा बोलाएका थिए ।

    आगामी बैशाखमा दुई चरणमा मध्यावधि चुनाव गर्ने घोषणा गरेका प्रधानमन्त्री ओलीले पार्टी एकता भंग भएपछि निर्वाचन आयोगले नेकपा एमाले र सूर्यचिन्हलाई मान्यता दिने संकेत गरे । त्यसैगरी माओवादी र हँसिया हथौडा चुनावचिन्ह प्रचण्ड समूहले पाउने उनले जनाऊ दिए ।

    बालुवाटारमा प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक नेताले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीज्यूको विश्लेषण के छ भने दुई अध्यक्षको सहमतिविना केन्द्रीय कमिटीको बैठक बस्न सक्दैन । त्यसरी बैठक राखियो भने पार्टी एकता भंग हुन्छ र पूर्वसमूहहरु आ–आफ्नो बाटो लाग्छन् ।’

    प्रचण्ड–माधव पक्षले मंगलबार काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । दुई अध्यक्षको सहमतिविना त्यो बैठक बसेमा अवैधानिक हुने र पार्टी एकता भंग भई पूर्वसमूह (एमाले र माओवादी) जागृत हुने प्रधानमन्त्री ओलीले बताए ।

    ‘त्यसपछि आ–आफ्नो बाटो लाग्दा हुन्छ, एमाले एकातिर लाग्छ, माओवादी एकातिर लाग्छ,’ ओलीको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो, ‘कोही (माधव नेपालहरु) प्रचण्डसँग जान चाहन्छन् भने जान पाउँछन्, जस्तै लेखराज भट्टजी हामीतिर आउनुभएको छ ।’

    पार्टी एकता भंग भएको अवस्थालाई अध्ययन गरेर निर्वाचन आयोगले पनि फैसला लिने ओलीको विश्लेषण छ । उनको संकेत नेकपा एमाले ब्युँतिने र सूर्यचिन्ह एमालेको भागमा पर्ने रहेको छ । त्यस्तै उतापट्टि नेकपा नएर माओवादी मात्र रहेन र माधव नेपालहरु पनि नेकपा माओवादीको नेता बन्ने ओलीको तर्क रहेको स्रोतले बतायो । लेखराज भट्ट रामबहादुर थापा बादल यतातिर आएमा एमालेको नेता बन्ने उनले संमकेत गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ