शनिबार, मंसिर ८ गते २०८१

'सही पनि एमाले, मै पनि एमाले' भन्दै देशभर ओली कदमको समर्थन

'सही पनि एमाले, मै पनि एमाले' भन्दै देशभर ओली कदमको समर्थन

अखबार दैनिक
सोमबार, पुस ६ २०७७
  • 'सही पनि एमाले, मै पनि एमाले' भन्दै देशभर ओली कदमको समर्थन

    संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्षमा नेपाल कम्युनिस्ट पार्टीको युवा र विद्यार्थी संगठनको एक समूहले पोखरामा प्रदर्शन गरेको छ ।

    images

    उनीहरुले प्रदर्शनमा नारा लगाउँदै भनेका छन् ‘ नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो । यो बिना प्रचण्ड-माधवले चुनाव जितेर देखाऊ ।’ उनीहरुले सही पनि एमाले, मै पनि एमाले नारा पनि लगाएका थिए ।

    अनेरास्ववियु कास्की अध्यक्ष विवेक देवकोटाले गलत मान्छेको हातमा देश सुम्पिँदा देशै डुब्ने भएकाले देश जोगाउन कदम चाल्नु बताए । युवा संघका नेता माधव बास्तोलाले देशैभरि केपी ओलीको नेतृत्वमा अर्को चुनावमा जाने बताए । उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको गठबन्धनलाई आपराधिकको संज्ञा दिए । वास्तोलाले प्रचण्ड जेल जानुको विकल्प नभएको पनि जिकिर गरे ।

    प्रदर्शनमा युवा संघका पूर्वअध्यक्ष तथा प्रदेश सांसद राजीव पहारी, पोखरा महानगरका ईन्चार्ज दीपक पौडेललगायत पनि सहभागी थिए । पुस १० गते युवा संघले र्‍यालीसहित युवा भेलासमेत आयोजना गरेको छ । ‘भेलामा जनता र नेता कार्यकर्ता कसका पक्षमा छन् भन्ने प्रचण्ड माधवलाई देखाउँछौं’ बास्तोलाले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ