शुक्रबार, मंसिर ७ गते २०८१

बालुवाटारमा सांसदहरूलाई ओलीको ‘विशेष’ सम्बोधन

बालुवाटारमा सांसदहरूलाई ओलीको ‘विशेष’ सम्बोधन

अखबार दैनिक
सोमबार, पुस ६ २०७७
  • बालुवाटारमा सांसदहरूलाई ओलीको ‘विशेष’ सम्बोधन

    आफू निकट नेकपाका सांसदहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीले विशेष सम्बोधन गरिरेका छन् ।ओलीले आफ्नो समूहका नेताहरुलाई संसद विघटनका साथै अन्य राजनीतिक घटनाक्रमका बारेमा ‘विशेष सम्बोधन’ गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

    images

    बैठकमा सहभागी सांसदहरुलाई ओलीले आफूले चालेका पछिल्ला कदमबारे जानकारी गराएका छन्।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल) भने सहभागी छैनन् । तर पूर्वमाओवादीबाट मन्त्री लेखराज भट्ट पनि बैठकमा सहभागी छन् ।

    आइतबार संविधानमा हुँदै नभएको अधिकारी प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई बालुवाटार भेला गराएर छलफल गरेका छन्।

    संसद विघटन गरेपछि अहिले ओलीइतर नेकपा नेताहरु पनि छलफलमा जुटेका छन्। विपक्षी दलहरु सरकारको पछिल्लो कदमविरुद्ध सडक संघर्ष गर्ने तयारीमा छन्। नेकपा स्थायी कमिटी बैठकले पनि अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ।

    ओलीइतर समूहका सांसदहरूले आइतबार नै उनीविरूद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका थिए। नेकपा फुटको संघारमा पुगेपछि ओलीले आफू पक्षीय सांसदहरूसँगको छलफललाई तीव्रता दिएका छन्।

    यसैबीच नेकपाका कार्यकार्य अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूको भेला दिउँसो १ बजे हुँदै छ। बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भेला हुन लागेको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ