बिहीबार , असोज ३ गते २०८१

संसद विघटनको मुख्य कारण प्रचण्ड – नेता प्रेम सुवाल

संसद विघटनको मुख्य कारण प्रचण्ड – नेता प्रेम सुवाल

अखबार दैनिक
सोमबार, पुस ६ २०७७
  • संसद विघटनको मुख्य कारण प्रचण्ड – नेता प्रेम सुवाल

    काठमाडौं नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नेकपा अध्यक्ष प्रचण्डकै कारण प्रधानमन्त्रीले संसद विघटन गर्नुपरेको आरोप लगाएका छन् ।

    images

    “आफैले प्रधानमन्त्रीमा चयन गर्ने, आफैले काम गर्न नदिने प्रवृति छ”, उनले भन्नुभयो, “यस्तो स्थितिमा प्रधानमन्त्रीले संसद विघटनको कदम चाल्नु परेको होला ।”

    एक रेडियोसँग अन्तरवार्ता दिने क्रममा नेता सुवालले संसद विघटन हुनुको कारण एउटै पार्टीमा दुईवटा अध्यक्ष भएको भन्दै संविधानको पनि दोष भएको बताए ।

    राष्ट्रपति वा प्रधानमन्त्रीलाई देशको स्थिति अनुसार संसद विघटन गर्न विशेषअधिकार भएको भन्दै कुनै अप्ठ्यारो पर्दा संसद विघटन गर्नपाउने अधिकार स्वभाविक भएको कुरा प्रचण्डलाई पनि थाहा भएको उनको भनाई थियो ।

    राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध सर्वोच्चमा रिट दायर हुने सम्भावना र त्यो रिट उल्टने सम्भावनाबारे भने सर्वोच्च अदालतको कुरा भएकाले कुनै प्रतिक्रिया दिन मानेनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ