प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक जारी छ । बैठकमा प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि छन् ।
लेखराज भट्ट पनि बैठकमा सहभागी छन् । गृहमन्त्री रामबहादुर थापा (बादल) भने बालुवाटारको बैठकमा सहभागी छैनन् ।
ओली निकटका सांसद कृष्ण् प्रसाद दाहाल पनि बैठकका अनुपस्थित रहेको स्रोतले जानकारी दिएको छ ।
बैठकमा ओलीले संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।
आजै दिउासो १ बजे प्रचण्ड–माधव नेपाल पक्षले पनि सांसदहरुको अलग्गै बैठक बोलाएका छन् ।