मंगलबार, जेठ ८ गते २०८१

गुल्मीमा अटो दुर्घटना, एकको मृत्यु, चार घाइते

गुल्मीमा अटो दुर्घटना, एकको मृत्यु, चार घाइते

अखबार दैनिक
शनिबार, पुस ४ २०७७
  • गुल्मीमा अटो दुर्घटना, एकको मृत्यु, चार घाइते

    ४ पुष २०७७

    images

    गुल्मीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटना भएको हो ।

    दुर्घटनामा रेसुङ्गा नगरपालिका वडानम्बर–१२ घर भएका चालक तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    गौडाकोटबाट तम्घासतर्फ आउँदै गर्दा अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा ४ जना घाइते भएका छन् । अटोमा सवार घाइते ४ जनामध्ये २ जनाको गुल्मी अस्पताल र २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

    दुर्घटना लगत्त नजिकै रहेको सशस्त्र प्रहरी नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार