आइतबार, जेठ ६ गते २०८१

ठूलो संख्यामा सिडिओको हेरफेर

ठूलो संख्यामा सिडिओको हेरफेर

अखबार दैनिक
शुक्रबार, पुस ३ २०७७
  • ठूलो संख्यामा सिडिओको हेरफेर

    पुस ३,

    images

    गृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ ।

    मन्त्रालयले शुक्रवार ६ जना सहसचिव र १२ जना उपसचिवसहित १८ जना कर्मचारीको सरुवा गरेको हो । मन्त्रालयले कर्मचारी प्रशासन शाखाका उपसचिव पुण्य ढकाललाई पाँचथरको प्रमुख जिल्ला अधिकारीमा पठाएको छ ।

    सरुवा गर्दा प्रजिअको तालिम नै नलिएका व्यक्तिलाईसमेत सिडिओ बनाई पठाइएको गृह स्रोतले बताएको छ । जिल्लाको प्रमुख प्रशासनिक व्यक्तित्वका रुपमासमेत लिइने प्रमुख जिल्ला अधिकारीले न्यायिक अधिकारसमेत प्रयोग गर्नुपर्ने भएकोले तालिम र अनुभवी कर्मचारीलाई पठाइने गरिन्छ । तर, पछिल्लो समय राजनीतिक तथा अन्य चलखेलबाट पनि खटाइदा प्रशासनिक उल्झनहरू आउने गरेको उदाहरण पर्याप्त छन् ।

    हेर्नुहोस् सूची :

    1.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार