आइतबार, जेठ ६ गते २०८१

भोलिदेखि सार्वजनिक सवारीको जोर-बिजोर प्रणाली हट्ने

भोलिदेखि सार्वजनिक सवारीको जोर-बिजोर प्रणाली हट्ने

अखबार दैनिक
बिहीबार , पुस २ २०७७
  • भोलिदेखि सार्वजनिक सवारीको जोर-बिजोर प्रणाली हट्ने

    पुस २,

    images

    भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हट्ने भएको छ । काठमाडौं उपत्यकामा मात्र असोज १ गतेदेखि लागू भएको जोरबिजोर प्रणाली पुष ३ गतेदेखि हट्ने भएको हो

    बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो ।

    जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वासथ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक सवारी चल्न दिने निर्णय भएको छ । ‘शहरमा बढेको यात्रुको चापलाई ध्यानमा राखेर शुक्रबारबाट लागू हुनेगरी सार्वजनिक सवारीमा जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको छ ,’ उनले भने ।

    यसअगाडी यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका थिए ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार संयुक्त रूपमा अपिल जारी गर्दै जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका हुन्। जोरबिजोर प्रणालीमा सवारी सञ्चालन हुँदा सवारी संख्यामा कमी भएको र यात्रुको चाप बढी देखिएपछि कोरोनाको संक्रमण जोखिम बढ्न सक्ने भएकाले जोरबिजोर हटाउनुको विकल्प नभएको व्यवसायीको भनाइ छ।

    महासंघका महासचिव सरोज सिटौला लकडाउनपछि यात्रु पाउनै मुस्किल पर्ने सार्वजनिक सवारीमा अहिले कार्यालय समयमा ठूलो भीडभाड हुन थालेकोले जोर बिजार हट्नु सकारात्मक भएको बताउँछन् ।

    विगतमा भीडभाड कम गर्न जोर-बिजोर प्रणाली लगाए पनि अहिले अरु कुनै खालका प्रतिवन्धहरु नभएकाले अब जोर-बिजोर मात्रै लगाएर राख्दा सार्वजनिक सवारीमा जोखिम बढ्ने महासंघको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार