सोमबार, जेठ ७ गते २०८१

हराएका २२ मोटरसाइकल धनीलाई हस्तान्तरण : चोरी गर्ने ११ पक्राउ

हराएका २२ मोटरसाइकल धनीलाई हस्तान्तरण : चोरी गर्ने ११ पक्राउ

अखबार दैनिक
बिहीबार , पुस २ २०७७
  • हराएका २२ मोटरसाइकल धनीलाई हस्तान्तरण : चोरी गर्ने ११ पक्राउ

    पुस २,

    images

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज महाशाखामा एक समारोहका बीच मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

    विभिन्न मितिमा मोटरसाइकल चोरीमा संलग्न ११ व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी कार्यालयमा बुझाएको समेत उनले बताए ।

    “असुरक्षित पार्किङस्थल, एकान्तस्थलमा पार्किङ गरेका र अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका मोटरसाइकल बढी चोरी भएको पाइएको छ”, महाशाखाका प्रमुख भट्टराईले भन्छन्, “धनीले सावधानी अपनाउने हो भने चोरीबाट जोगिन सकिन्छ ।”

    अतिरिक्त लक प्रयोग गर्न, घण्टी बज्नेलगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनी ढुक्क नपर्न पनि महाशाखाले सबैमा अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार