काठमाडौं, १ पुस,
बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ८०० सय रुपैँयाले बढेर ९३ हजार १०० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि आज तोलामा ८०० सय रुपैयाँले बढेर ९२ हजार ६०० सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।