सोमबार, जेठ ७ गते २०८१

अध्यादेश तत्काल फिर्ता गर्नुपर्छ : प्रबक्ता श्रेष्ठ

अध्यादेश तत्काल फिर्ता गर्नुपर्छ : प्रबक्ता श्रेष्ठ

अखबार दैनिक
मंगलबार, मंसिर ३० २०७७
  • अध्यादेश तत्काल फिर्ता गर्नुपर्छ : प्रबक्ता श्रेष्ठ

    मंसिर ३०,

    images

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् ।

    उनले मंगलबार आफ्नो फेसबुक पेजमार्फत अहिले सत्तारुढ दलको स्थायी कमिटी बैठक चलिरहेको र संसदको नियमित अधिबेसन बोलाउने समय नजिक आएका बेलामा प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत भएको भन्दै फिर्ता गर्नुपर्ने बताएका हुन् ।

    ‘तसर्थ अध्यादेश तत्काल फिर्ता हुनुपर्दछ’, उनले भनेका छन् । श्रेष्ठले अध्यादेश जारी गर्ने सम्बन्धमा पार्टीलाई कुनै जानकारी नभएको पनि प्रस्ट पारेका छन् । आफ्नो नीजि विचार भन्दै उनले भोलीको स्थायी समिति बैठकमा छलफल होला भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार