सोमबार, जेठ ७ गते २०८१

यो दुई तिहाईको सरकारले माखो पनि मार्न सक्दैन : आन्दोलित उखु किसान (भिडियोसहित)

यो दुई तिहाईको सरकारले माखो पनि मार्न सक्दैन : आन्दोलित उखु किसान (भिडियोसहित)

अखबार दैनिक
सोमबार, मंसिर २९ २०७७
  • यो दुई तिहाईको सरकारले माखो पनि मार्न सक्दैन : आन्दोलित उखु किसान (भिडियोसहित)
     

    मंसिर २९,

    images

    चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै सर्लाहीका उखु किसानहरु पुन: आन्दोलित भएका छन् ।

    बक्यौता रकम तिर्ने भनेर चिनी मिलले सरकारसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै किसानहरूले आइतबार माइतीघरमा मण्डलामा शान्तीपुर्ण आन्दोलन गरेका हुन् । उनीहरू ‘श्रम, पसिनाको मूल्य पाउँ’, ‘किसानहरू मार्न पाइँदैन’ लगायतका विभन्न नारा लेखिएका प्लेकार्डहरू बोकेर प्रदर्शनमा उपस्थित थिए ।

    रकम भुक्तानीको माग गर्दै किसानहरु काठमाडौँमा आन्दोलन गरेपछि मन्त्रालयले २०७६ पुस १८ गते उखु किसानसँग ५ बुदे सम्झैता गरेको थियो । मन्त्रालयले तत्काल भुक्तानीको वातावारण बनाउने, मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर, एक वर्ष बितिसक्दा पनि किसानहरुले अझै उखुको पैसा पाएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार