आइतबार, मंसिर ९ गते २०८१

संवैधानिक परिषदको बैठक स्थगित

संवैधानिक परिषदको बैठक स्थगित

अखबार दैनिक
आइतबार, मंसिर २८ २०७७
  • संवैधानिक परिषदको बैठक स्थगित

    २८ मंसिर

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएपछि आइतबार बिहानका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

    बैठकमा सभामुख अग्निप्रसाद सापकोटा पनि नजाने भए पछि ओलीले बोलाएको बैठक अन्यौलमा परेको थियो र अन्ततः स्थगित भयो । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था छ ।

    अध्यक्ष र चारजना सदस्य उपस्थित भए मात्रै गणपुरक संख्या पुग्छ । ओलीले संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिबारे छलफल गर्न भन्दै बोलाएको बैठक स्थगित भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ