शुक्रबार, वैशाख २१ गते २०८१

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी !

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी !

अखबार दैनिक
शुक्रबार, मंसिर २६ २०७७
  • ७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी !

    मंसिर २६,

    images

    एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ ।

    कार्यालयमा दुई/तीन महिना पहिले छापिएकादेखि दुई/तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताए । विभागले गत वर्ष ठूलो क्षमताको छपाइयन्त्र(मास प्रिन्टर) खरिद गरेर सञ्चालनमा ल्याएसँगै यहाँका छाप्न बाँकी धेरै अनुमतिपत्र छापिएर आएको थियो ।

    तिहारपछि कार्यालयमा अनुमतिपत्र लिन आउने सेवाग्राहीको सङ्ख्या कम भएको कार्यालयले जनाएको छ । प्रमुख कार्कीका अनुसार गत वर्ष चैतमा बन्दाबन्दी भएसँगै बन्द कार्यालय असारमा खुलेपछि कार्यालयमा सेवाग्राहीको धेरै चाप रहेको थियो । त्यतिबेला धेरै कार्यालय बन्द भएकाले फुर्सदका कारण पनि सेवाग्राही धेरै आएको हुनसक्ने उनको भनाइ छ । उनले भने, “अहिले धेरै कार्यालय खुलेकाले पनि हुनसक्छ सेवाग्राही कम भएका छन् ।”

    कार्यालयले नवीकरणका लागि आएका सेवाग्राहीको झण्डै १५ हजार अनुमतिपत्र मात्रै विभागबाट छापिएर आउन बाँकी छ । कार्यालयले नयाँ चालक अनुमतिपत्र नखुलाएर अनुमतिपत्र नवीकरण र वितरणको काम गरिरहेको छ । विभागले अनुमतिपत्रका लागि आवेदन लिइने भने पनि अझैसम्म वाग्मती प्रदेश सरकारले नयाँ अनुमतिपत्र खुलाउने निर्णय गरेको छैन । अनुमतिपत्र नवीकरणका लागि दैनिक तीनरचार सय सेवाग्राही आइरहेका छन् । यो सङ्ख्या पछिल्लो एक डेढ महिनाको मात्रै भएको उनले बताए। विभागले कार्यालयले पठाएको अनुमतिपत्र झण्डै दुई महिनामा छापेर पठाइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार